रामेछाप । रामेछापको मन्थली नगरपालिका ८ गाईखुरामा रहेको नर्बदेश्वर आधारभुत विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई शुक्रबार ट्याकसुट वितरण गरिएको छ ।
चिकित्सक तथा समाजसेवि डा. मुनिर सैयदले उक्त विद्यालयमा अध्ययन गर्ने ५० जना बाललिकाहरुलाई जाडोको लुगा ट्याकसुट वितरण गरेका हुन् । सो अवसरमा डाक्टर मुनिरले चिकित्सक पेशामा सम्लग्न साथिभाईले सानो बचत संकलन गरी नेपालका विभिन्न भागमा रहेका विद्यालयमा शैक्षिक सामाग्री सहयोग गर्दै आएको वताए ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विमला माझीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा डाक्टर सैयदले भविष्यमा पनि विद्यालयमा सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका थिए । यसअघी उनले रामेछापको मन्थली नगरपालिकामा पर्ने नबुघाट र टेकनपुरमा रहेका २ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई ट्याकसुट वितरण गरिसकेका थिए ।
कार्यक्रममा विद्यालयकी प्रअ हिरा बोहोरा पुरीले डा. सैयदको सहयोगले आदिवासी माझी समुदायको विद्यालयको पठन पाठनमा सहयोग पुगेको वताईन । विद्यालय आसपास आदिवासी माझी समुदायको बाहुल्यता रहेको छ ।
