+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

स्वर्गीय जगदीश घिमिरेको १२ औं स्मृतिसभा

20 दिन पहिले प्रकाशित

रामेछाप । बरिष्ट समाजसेवि तथा साहित्यकार स्वर्गीय जगदीश घिमिरेको १२ औं स्मृति दिवसका अवसरमा शुक्रबार मन्थलीमा स्वर्गीय घिमिरेको तस्विरमा माल्यार्पण गरी उनको स्मरण गरिएको छ ।

मल्टिपल माईलोमा रोगबाट ग्रसित घिमिरेको २०७० साल कार्तिक १४ गते काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो । उनी लामो समय सम्म उक्त रोग संग पौठाजोरी गर्दै साहित्य र समाजसेवामा सक्रिय भएका थिए ।

रामेछापमा २०४० सालमा गैह्रसरकारी संस्था तामाकोशी सेवा समितिको स्थापना गरी शिक्षा, स्वास्थ्य, कृषि, सहकारी, खानेपानी, सिंचाई लगाएतका पूर्वाधारको काम गर्न विभिन्न दातृ निकायको सहयोग जुटाई छेउलागेका वर्गको उत्थानमा सहयोग पु¥याएका घिमिरे गैह्रसरकारी संस्था महासंघ नेपालका संस्थापक अध्यक्ष समेत रहेका थिए । उनले सामाजिक सेवामा उत्कृष्ट कार्य गरेको मूल्याङ्कन गर्दै अमेरीकाको अक्लोहोमाबाट अन्तराष्ट्रिय पुरस्कार लिन गइरहेका बेला जहाजमै उनलाई क्यान्सरले पिरोलेको थियो । अमेरिका, थाईल्याण्डमा उपचार पछि उनी नेपालमा लामो समय सम्म क्यान्सर जस्तो प्राणघातक रोग संग जुध््दै साहित्य श्रृजनामा व्यस्त थिए ।

स्वर्गीय घिमिरेले मल्टिपल क्यान्सर लागेपछि श्रृजना गरेको नेपालकै नौलो आख्यान अन्तरमनको यात्राले मदन पुरस्कार हात पारेको थियो । उक्त पुस्तकको चर्चा अझै पनि नेपाली साहित्यमा हुदै आएको छ । घिमिरेले नेपालको ईतिहास देखि माओवादी आन्दोलन सम्मका विभिन्न घटनाहरुलाई समेटेर अर्को कृति सकस लेखेका थिए । बर्दी र जगदीशका रोजा कविता पनि त्यहि बेलाका श्रृजना हुन ।

सम्पन्न परिवारमा जन्मे हुर्केका स्वर्गीय घिमिरेले समाजमा देखिएको असमानता लाई समेटेर लेखेको लिलाम र साविति उपन्यासको पंचायति बेलामा पनि धेरै चर्चा बटुलेका थिए । युवा अवस्थामा लेखिएका उक्त दुई कृति पछि साहित्यबाट ओझेल परेका घिमिरे अध्ययन, जागिर र सामाजिक सेवा पछि फेरी अस्थाउने बेलामा साहित्य सेवामै फर्किएका थिए ।
१२ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा तामाकोशी सेवा समितिका कार्यकारी अधिकृत गोबिन्दप्रसाद घिमिरेले समाजसेवि स्वर्गीय जगदीश घिमिरेले देखाएको बाटोमा अहिले पनि सामाजिक कार्य हुदै आएको वताए । उनले स्वर्गीय घिमिरे दुरदर्शी चिन्तक र दिगो विकासका पथ प्रदशक रहेको औंल्याएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले