रामेछाप । बर्षा र बाढी पहिरोको उच्च जोखिम रहेको बिपी राजमार्गमा आज र भोली साँझ ५ बजे देखि विहान ५ बजे सम्म सवारी साधन संचालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आज एक विज्ञप्ति जारी गरी राजमार्गमा रात्रीकालिन आवागमन रोकेको हो ।

सूचनामा भारी बर्षाका कारण दिउँसोको समयमा समेत जोखिम हुने भएकाले सुरक्षा निकायले आवश्यक परेमा जुनसुकै स्थानमा पनि सुरक्षा प्रयोजनका लागि सवारी साधन रोक्न सक्ने समेत जनाइएको छ । सिन्धुली प्रशासनले विपी रमध्यमहाडी सडकमा बर्षा भइरहेको बेलामा सवारी साधन नचलाउन आग्रह गरेको छ ।

बंगालको खाडीमा विकसित भएको बर्षा गराउने चक्रवात मोन्थाको प्रभावले गण्डकी प्रदेश भन्दा पूर्व तर्फको भूभागमा भारी बर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । प्रक्षेपण बमोजिम आज राती देखि शनिबार साँझ सम्मै बर्षा हुने छ ।