निनमै भिज्यो धान , किसान चिन्तामा
21 दिन पहिले प्रकाशित
रामेछाप । धान काटेर विटाको तयारीमा रहेका बेला परेको पानीले किसानहरुलाई पिडामा पारेको छ । निनमा रहेको धान पानीले भिजेको छ । रामेछापका विभिन्न फाँटमा यतिबेला धान काटेर निनमा राखिएको छ । निन भिजेपछि चामल कुट्का हुने र खाँदा गन्ध आउने हुन्छ । लामो समय सम्म पानी परेमा धान निनमै ढाडिने र उम्रने त्रास रहेको किसानहरुले वताएका छन् ।
बंगालको खाडिमा विकसित भएको चक्रपातका कारण आउदो शनिबार सम्म पानी पर्ने प्रक्षेपण मौसमविदहरुले गरेकाले किसानहरुमा थप अन्यौल पारेका छ । बर्षदिन भरी खाने प्रमुख बाली धान भित्र्याउने बेलामा आई परेको यो संकटले चामल बेसाउनु पर्ने बाध्यता आईपर्ने किसानहरुले वताएका छन् ।
मन्थली र जिल्लाका अन्य केहि फाँटमा भने न्यून संख्याका किसानले यसअघीनै धान भित्र्याईसकेका छन । सवैतिर धान झार्ने मेसिन नपुगेकाले पाखुराको भरमा धान झार्ने परम्परागत चलन छ । गाउँमा खेतिका लागि सहयोग गर्ने मानिस नहुदाँ किसानहरुले चाहेको बेला बालिनाली भित्र्याउन सक्न छाडेका छन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
