रामेछाप–लुक्ला –रामेछापका लागि तय गरिएका सबै हवाई उडान अवरुद्ध
21 दिन पहिले प्रकाशित
रामेछाप । आज विहानै देखि परेको बर्षाको कारण रामेछापबाट लुक्लाका लागि निर्धारण गरिएका सवै उडान अवरुद्ध भएका छन् । रामेछाप र लुक्लामा पानी परिरहेको र हवाई मार्गमा कुहिरो लागेको छ ।
रामेछाप नागरिक उडड्यन कार्यालयका एटिसी प्रज्वल गुरागाईका अनुसार आजका लागि रामेछापबाट लुक्ला जाने करिव १५ वटा उडान गर्ने तालिका थियो । ति कुनै पनि उडान हुन सकेनन् । आज उडान हुने अवस्था छैन् गुरागाईले भने मौसममा सुधार भएको छैन् ।
विहानै देखि ल्ुक्ला जान रामेछाप विमानस्थलमा पुगेका अधिकांश विदेशी पर्यटक रहेका थिए । ति मध्ये केहि फर्किएका र केहि मध्यान्ह सम्म विमानस्थलमानै रहेका छन् । गुरागाईका अनुसार हवाई कम्पनीहरुले उडान रद्ध गरेको जानकारी दिएपछि उनीहरु फर्किनेछन् ।
लुक्ला तर्फ गएका यात्रुहरु अव फर्किने वेला भएकाले लुक्लाबाट रामेछाप आउने यात्रुहरु लुक्लामानै बसेका छन् । यो सगरमाथा आधार सिविर तर्फ जाने मुख्य पर्यटकिय सिजन हो । यो सिजनमा अधिकांश विदेशि यात्रुहरुनै लुक्ला विमानस्थल भएर त्यसतर्फ जाने गर्छन् । डिसेम्बरको आधा उधि सम्म त्यसतर्फको उडान रामेछाप विमानस्थलबाट हुने गर्छ ।
मौसम विग्रेर हवाईजहाजको उडान प्रभावित हुदाँ यसअघी हेलिकप्टर कम्पनीहरुले रामेछापबाट पर्यटकहरु बोकेर लुक्ला र सुर्के उडने गरेका थिए । तर आज भने हेलिकप्टर पनि उडेका छन् । एसिटी गुरागाईका अनुसार हेलिकप्टरको उडान कार्यक्रम भने नागरिक उडड्यन कार्यालयमा आउदैन् । आकस्मिक रुपमा हुने त्यस्तो उडानको जानकारी यात्रु हालेर उडने बेलामा मात्र हेलिकप्टर चालकले एटिसीलाई गराउने र उडने गर्छन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
