रामेछाप । तिहारमा सयपत्री र मखमली फुल फुलिनसकेकोले भाईटीका दिन फुलको अभाव खड्किएको छ । सयपत्री फक्रिसकेका छैनन् ।
तिहार चाडै भएकाले यस बर्ष फुल फुलेको छैन् । केहि अघी लगाएको फुल थोरै मात्रामा फुलेको छ । बजारमा थोरै मात्रामा आएको फुल महंगोमा विक्री हुन थालेको छ । मन्थलीको देवकोटा चोकमा एउटा सानो मालाको २ सय ४० रुपैयाँमा विक्री भइरहेको छ । एउटा सानो गुच्छाको १ सय रुपैयामा बिक्री भइरहेको छ । फुलनै नपाएको बेलामा त्यहि भएपनि किन्ने चेलीहरु फुल महंगो भएको चर्चा गरिरहेका छन् ।
अघील्ला बर्षहरुमा लक्ष्मी पुजाका दिन घरका झ्याल ढोकामा देखिने सयपत्रीका माला यस बर्ष देखिएनन् । पुजा गर्नका लागि पनि सयपत्री पाउन धौ धौ को अवस्था भएको स्थानीयले वताएका छन् ।
