हिलेदेवि पहिरो , चर्किएको घर र जस्ताको टहरामा लक्ष्मी भित्र्याइयो
29 दिन पहिले प्रकाशित
रामेछाप । गाउँमा पहिरो चल्यो, यो बर्षको तिहार त्यति राम्रो छैन् । जमिन फाँटिदो र सर्दो छ, त्यहि जमिन माथि चर्किएर लड्न ठिक्क परेको घर र अस्थायी जस्ताको टहरा हालेर बसेका सुनापति गाउँपालिका ३ हिलेदेवि स्थित केउरीनी र साउनेका बासिन्दाले यस बर्षको तिहारमा धनधान्यकी देवि लक्ष्मीलाई आराधना गरेर भित्र्याएका छन् । जुन घरमा उनीहरुले लक्ष्मी भित्र्याएका छन्, त्यहि घरमा उनीहरुको चाँहि कुन दिन सम्म बास हुने हो ? ठेगान छैन् ।
जमिन सरिरहेको छ, तर जाने ठाउँ छैन् वडा सदस्य टेकवहादुर श्रेष्ठ भन्छन् – जसरी भएपनि चाडबाड मान्नु पर्ने रहेछ । जस्ताको टहरा र चर्केर लड्न ठिक्क परेको घरमा लक्ष्मी भित्र्याएर स्थानीय बासिन्दाले भाईटीकाको तयारी गरीरहेको उनले वताए ।
पुरै जमिन भाँसिने र पहिरीएर झर्न थालेपछि हिलेदेविको साउने, केउरीनी लगाएमा वसोवास गर्ने ७७ परिवारका मानिस दशैं सकिने वित्तिकै अहिले सम्मकै ठुलो विपत्तिमा परे । केहिको घर भत्कियो, केहिको बस्नै नहुने भयो र केहिको सामान्य चिरा देखिए पछि कोलाहलै भयो । हेर्दा धेरै जोखिमपूर्ण अवस्थामा पुगेको गाउँमा अहिले भने त्यो बेलाको कोलाहल छैन्, घाम लागेका छन्, त्यहि भएर स्थानीयको त्रास घटेको छ ।
श्रेष्ठ भन्छन् – पानी पर्दा आत्तिने, २ दिन घाम लाग्यो भने फेरी ढुक्क भएर वस्ने चलन छ । अहिले हिलेदेविको साउने, केउरीनी लगाएत टोलका बासिन्दाले अहिले त्यहि गरेका हुन् । ‘सधैं ढुक्क हुने अवस्था छैन्, पहिरो झर्न रोकिने र राज्यको लगानीमा नियन्त्रण हुने कुरा सम्भवै छैन् ’ श्रेष्ठ भन्छन् – सर्नु त छदैछ, तर कता व्यवस्था गर्ने भन्ने अन्यौल छ ।
हिलेदेविको पहिरो नयाँ हैन् , २०३५ सालमै पहिरो चलेको थियो । त्यसबेला पञ्यायती सरकारले पहिरो प्रभावितहरुलाई गाउँबाट उठाएर तराईको तारातालमा बसाई सारे । तर दुर्भाग्य के भईदियो भने , जो सुरक्षित स्थानमा सरे, उनिहरुले अरुलाई सस्तोमस्तोमा आफ्नो पहिरोले घेरेको जग्गा विक्री गरे । धान हुने र हेर्दा जमिन राम्रो भएकाले सस्तो जग्गा पाएपछि वरिपरीकाले किने र विस्तारै त्यहि वस्ती वसाले । अहिले त्यहि पुरानो पहिरोले चर्को रुप लियो, उनिहरु मध्ये केहिको मात्र अव अन्यत्र जग्गा छ, अधिकांशको अन्यत्रको जग्गा वेंचे । अहिले कहाँ जाने भन्ने पिरलो पर्यो ।
वडा अध्यक्ष कुलवहादुर थिङका अनुसार खानीखोला घटेकोले तलबाट कटान रोकिएको, पहिरोको विच बाट निस्केको मुलको पानी घटेको र घाम लागेकाले तत्कालै कुनै अप्रिय घटना नहोला कि भन्ने छ । तर त्यहि स्थानमा अर्को बर्षामा वस्ने अवस्था भने छैन् । ‘चर्को घाम लाग्दा पनि जमिन धाँजा बढ्ने रहेछ ’ वडा सदस्य श्रेष्ठ भन्छन् – दैनिक ४ ईन्च जति धाँजा बढीरहेको छ, घाम लाग्दा जमिन फाट्छ भनेको हो रहेछ ।
दशैं सकिना साथ हिलेदेविको केउरीने साउने लगाएतका गाउँभन्दा तल देखि जताततै जमिन बग्न थालेपछि असोजको २६ गते सुनापति गाउँपालिकाको कार्यपालिका र विपद समितिको बैठक वस्यो । बैठकले अस्यायी वसोवासका लागि घर पूर्ण क्षति भएका परिवारलाई १५ हजार र सामान्य चर्केमर्केको लाई ५ हजार दिने निर्णय गर्यो । जस्ता गत बर्ष असोजको बाढी पछि अस्थायी वसोवासका लागि दिएको थियो । तर निर्णय भएको पैसा अझै उनीहरुले पाएका छैनन् । तिहार विदाका कारण बैंक बन्द भयो, बैंकमा खाता खोल्न नभ्याएकोले कसैले पनि पैसा पाएका छैनन् । विपद्मा परेकालाई खातामै पैसा हाल्ने निर्णय भएकोले ढिलाई भएको हो ।
वडा अध्यक्ष थिङ पहिरोको घेरा भित्र रहेका ७७ मध्ये ३ जनाको अन्यत्र वसोवास रहेकोले ७४ परिवारलाई अन्यत्र सार्नुपर्ने अवस्था रहेको वताउछन् । तर उपयुक्त जग्गा नजिकै कतै छैन् । छापडाडाँ सादिवजार र भाँगेडाडाँमा जग्गा हेरिएको छ । तर स्थानीय संग प्रयाप्त छलफल र निर्णय भएको छैन् । भाँगेडाडाँ गाउँभन्दा धेरै माथि पर्छ, सादिमा २३ रोपनी बुटेन छ, त्याँहा सवैलाई पुग्दैन । वडा सदस्य श्रेष्ठ भन्छन् – सवै एकै थलोमा भन्दा पनि पायक पर्ने थलोमा प्राथमिकतामा सार्दै लग्यो भने समस्या थोरै भएपनि घटेर जानेहुन्छ । सवैलाई जग्गा खोजियो भने विपद्मा परेकाले सुरक्षित आश्रयनै पाउदैनन् कि भन्ने डर छ ।
स्थायी आवास निर्माणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रति परिवार ५० हजार दिने भनेको जानकारी पाएका स्थानीयले त्यसका लागि फाराम भरेका छन् । तर पैसा कहिले र को मार्फत पाउने भन्ने कुराको टुंगो मात्र नभै अस्थायी आवास कता बनाउने भन्ने अन्यौल भने यथावतै छ । जिल्लाको विपत व्यवस्थापन समितिका पदाधिकारीले भने पालिका संग समन्वय गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले पहिरो प्रभावितलाई अस्थायी रुपमा सुरक्षित स्थानमा वस्न चाहे तत्कालै पालिकाले स्थान उपलव्ध गराउने व्यवस्था गरेको वताउछन् । वस्ती सार्ने कुरा भूगर्भविदहरु समेत झिकाएर निर्णय गर्छौ उनले भने – छठ सकिए लगत्तै भूगर्भविद् आउने कुरा छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
