+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

शुभेच्छा साकोशको बार्षिक साधारण सभा सम्पन्न

1 महीना पहिले प्रकाशित

रामेछाप । मन्थलीमा केन्द्र बनाई बचत तथा ऋणको कारोवार गर्दै आएको शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष छत्रबिर श्रेष्ठको अध्यक्षतामा भएको उक्त बार्षिक साधारण सभाको जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलले गरेका थिए । कार्यक्रममा ढुंगेलका अतिरीक्त रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जेएन दाहाल, नेफ्स्कुनका जिल्ला प्रतिनिधि सूर्य थापा लगाएतका बक्ताले बार्षिक साधारण सभाको सफलताको शुभकामना दिदै सहकारी क्षेत्रमा देखा परेका चुनौतिहरुको चर्चा गरेका थिए ।

मन्थली आसपासमा पर्ने साविकका ५ गाविसलाई कार्यक्षेत्र बनाई कार्य गर्ने सो संस्थामा २ हजार ९ सय ५ जना शेयर सदस्यहरुले बचत तथा ऋणको कारोवार गर्दै आएका छन् । संस्थाको कुल पूँजि ११ करोड ६३ लाख ३९ हजार पुगेको छ ।

संस्थामा शेयर सदस्यहरुको ८ करोड १० लाख ८८ हजार निक्षेप संकलन भएको र ८ करोड ९ लाख २० हजार ऋण प्रवाह भएको जनाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले