रामेछाप । मन्थलीमा केन्द्र बनाई बचत तथा ऋणको कारोवार गर्दै आएको शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष छत्रबिर श्रेष्ठको अध्यक्षतामा भएको उक्त बार्षिक साधारण सभाको जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलले गरेका थिए । कार्यक्रममा ढुंगेलका अतिरीक्त रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जेएन दाहाल, नेफ्स्कुनका जिल्ला प्रतिनिधि सूर्य थापा लगाएतका बक्ताले बार्षिक साधारण सभाको सफलताको शुभकामना दिदै सहकारी क्षेत्रमा देखा परेका चुनौतिहरुको चर्चा गरेका थिए ।
मन्थली आसपासमा पर्ने साविकका ५ गाविसलाई कार्यक्षेत्र बनाई कार्य गर्ने सो संस्थामा २ हजार ९ सय ५ जना शेयर सदस्यहरुले बचत तथा ऋणको कारोवार गर्दै आएका छन् । संस्थाको कुल पूँजि ११ करोड ६३ लाख ३९ हजार पुगेको छ ।
संस्थामा शेयर सदस्यहरुको ८ करोड १० लाख ८८ हजार निक्षेप संकलन भएको र ८ करोड ९ लाख २० हजार ऋण प्रवाह भएको जनाईएको छ ।
