+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

रामेछापका प्रहरी प्रमुख भट्ट पूर्ण शान्ति पुरस्कारबाट सम्मानीत

1 महीना पहिले प्रकाशित

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक भोला कुमार भट्टले पूर्ण शान्ति पुरस्कार प्राप्त गरेका छन् । अपराध अनुसन्धानमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकारीलाई उक्त पुरस्कार प्रदान गर्ने गरिन्छ ।

प्रहरी दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा गृह मन्त्री ओमप्रकाश अर्यालले उक्त पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए । ७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रनाउ भट्ट नेपाल प्रहरीको सवैभन्दा उत्कृष्ट पुरस्कारबाट सम्मानित भएका हुन् । कार्यक्रममा प्रहरी महानिरीक्षक लगाएतका उच्च प्रहरी अधिकारीहरुको सहभागिता रहेको थियो ।

केहि महिना अघी रामेछाप जिल्ला प्रहरी कार्यालयको प्रमुखको रुपमा कार्यारम्भ गरेका भट्टले अपराध अनुसन्धानकर्ता, शान्ति सुरक्षा तथा अमनचयनमा दक्षता र कुशल संगठकको रुपमा पहिचान बनाएका छन् । उनी रामेछाप आउनु अघी उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंमा कार्यरत थिए ।

सोहि कार्यक्रममा अन्य दुई प्रहरी अधिकारी पनि पुरस्कृत र सम्मानीत भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले