रामेछाप । साहारा बचत तथा ऋण सहकारी संस्थाको २० औं बार्षिक साधारण सभा विभिन्न निर्णय पारित गर्दै मन्थलीमा सम्पन्न भएको छ ।
स्थाका अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षतामा भएको उक्त साधारण सभाले आर्थिक बर्ष २०८१।८२ को बार्षिक प्रतिवेदन र आर्थिक बर्ष २०८२।८३ का लागि प्रश्तुत बार्षिक निती तथा कार्यक्रमलाई स्वीकृत गरेको थियो । संस्थाले कुल २७ करोड ९४ लाख ८४ हजार बचत संकलन गरेको र २१ करोड २ लाख ६४ हजार ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाले विभिन्न कोषहरुमा रकम विभाजन गरी गत बर्ष खुद् ५ लाख ९७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
स्थाको बार्षिक साधारण सभामा जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेल, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल, नेफ्कुनका प्रतिनिधि सूर्य थापा लगाएतले वर्तमान अवस्थामा सहकारी संस्थाहरुले निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष मिलनकुमार घिसिङलाई सम्मान गरिएको थियो ।
