+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

रामेछापको लिट्टिल स्टार इङ्गलिस स्कुललाई अन्तर्राष्ट्रिय अवार्ड

1 महीना पहिले प्रकाशित

रामेछाप । मन्थलीमा रहेको लिट्टिल स्टार इङ्गलिस स्कुलले अन्तर्राष्ट्रिय सर्वोत्कृष्ट शैक्षिक सम्मान तथा पुरस्कार (एकेडेमिक एक्सिलेन्स अवार्ड) प्राप्त गरेको छ । गएको मंगलबार एक्जिटो एजुकेशनद्वारा मलेसियाको राजधानी कोलालाम्पुरको लिनकन युनिभर्सिटीमा आयोजित कार्यक्रममा विद्यालयलाई सो अवार्ड प्राप्त भएको हो । स्कुललाई उक्त अवार्ड लिनकन युनिभर्सिटी मलेशियाका प्रमुख कार्यकारी डा. मोहमद यूसोफ प्रमुख र डा. अमिया भूमिक लगायतले प्रदान गरेका थिए ।

२०५२ सालमा ग्रामिण क्षेत्रमा स्थापना भएको विद्यालयले अंग्रेजी भाषा र शैक्षिक गुणस्तर कायम गरि शिक्षा क्षेत्रको विकासमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको बताइएको छ । पूर्वी एसियाली देशहरुको भ्रमणमा रहेका सो विद्यालयका प्रधानाध्यापक रमेश फुयाल र लेखा प्रमुख विनिता सुवेदीले स्कुललाई प्राप्त सर्वोत्कृष्ट शैक्षिक सम्मान तथा पुरस्कार (एकेडेमिक एक्सिलेन्स अवार्ड) ग्रहण गरेका थिए । त्यस्तै सोही कार्यक्रमको अवसरमा विद्यालयका सहायक प्रधानाध्यापक हस्तबहादुर लामा इनोभेटिभ भाइस प्रिन्सिपल अवार्डबाट सम्मानित भएका छन् ।

कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, यूएसए, युके, इण्डिया, बांग्लादेश लगायत विभिन्न देशहरुका विभिन्न क्षेत्रका ख्याती प्राप्त विद्यालयहरु, संस्थाहरु र व्यक्तित्वहरुलाई इन्टरनेसनल एक्सेलेन्स अवार्डद्वारा सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले