+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

बिपी राजमार्ग खुल्यो, शनिबारनै चाप

1 महीना पहिले प्रकाशित

रामेछाप । केहि दिन अघीको बर्षा र बाढीले क्षतिग्रत विपी राजमार्गबाट शनिबार विहान देखि सवारी संचालनमा आउन थालेका छन् । सडकमा सवारी साधनको शनिबार विहानै देखि चाप देखिएको छ ।

शुक्रबार अपरान्ह एकतर्फि रुपमा सडक खुलेपछि शनिबार विहानै देखि यात्रुवाहक सवारी साधन त्यस राजमार्ग हुदै आउजाउ गर्न थालेका छन् । यद्यपी सडकलाई चौडा पार्ने, रोलर लगाउने लगाएतका काम बाँकीनै छन् । सडक विभागले सडक सफाई र चौडा गर्ने लगाएका कार्य बाँकीनै भएकाले अत्यावश्यक बाहेकका सवारी संचालनमा नहातिन पनि जानकारी दिएको छ ।

गत बर्षको बाढीले क्षतिग्रस्त सडकलाई अस्थायी रुपमा संचलानमा ल्याएकोमा दशै पछिको बर्षा र बाढीले विपी राजमार्गको चौकीडाँडा, माम्ती, बोक्सीकुना, नेपालथोक, पिपले, दाउन्ने, चारसय बेसी लगाएतको क्षेत्रको करिव ४ किलोमिटर खण्ड बगाएको थियो ।

सडक विभाग, डिभिजन सडक भक्तपुर र खाल्टे तथा निर्माण व्यवसायीहरुले रात दिनको प्रयासमा विपी राजमार्गको ट्याक खोलेका हुन् । अव पूर्वि नेपाल काठमाडौं संग नजिकिएको छ । विपी राजमार्ग क्षतिग्रस्त हुदाँ पूर्वि नेपाल जाउआउ गर्न दोलखाको चरिकोट, रामेछाप हुदै खुर्कोटको सडक प्रयोग गर्नुपर्ने अवस्था थियो । त्यसका अतिरीक्त हेटौंडा हुदै पनि काठमाडौं आउजाउ बाक्लिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले