रामेछाप । केहि दिन अघीको बर्षा र बाढीले क्षतिग्रत विपी राजमार्गबाट शनिबार विहान देखि सवारी संचालनमा आउन थालेका छन् । सडकमा सवारी साधनको शनिबार विहानै देखि चाप देखिएको छ ।
शुक्रबार अपरान्ह एकतर्फि रुपमा सडक खुलेपछि शनिबार विहानै देखि यात्रुवाहक सवारी साधन त्यस राजमार्ग हुदै आउजाउ गर्न थालेका छन् । यद्यपी सडकलाई चौडा पार्ने, रोलर लगाउने लगाएतका काम बाँकीनै छन् । सडक विभागले सडक सफाई र चौडा गर्ने लगाएका कार्य बाँकीनै भएकाले अत्यावश्यक बाहेकका सवारी संचालनमा नहातिन पनि जानकारी दिएको छ ।
गत बर्षको बाढीले क्षतिग्रस्त सडकलाई अस्थायी रुपमा संचलानमा ल्याएकोमा दशै पछिको बर्षा र बाढीले विपी राजमार्गको चौकीडाँडा, माम्ती, बोक्सीकुना, नेपालथोक, पिपले, दाउन्ने, चारसय बेसी लगाएतको क्षेत्रको करिव ४ किलोमिटर खण्ड बगाएको थियो ।
सडक विभाग, डिभिजन सडक भक्तपुर र खाल्टे तथा निर्माण व्यवसायीहरुले रात दिनको प्रयासमा विपी राजमार्गको ट्याक खोलेका हुन् । अव पूर्वि नेपाल काठमाडौं संग नजिकिएको छ । विपी राजमार्ग क्षतिग्रस्त हुदाँ पूर्वि नेपाल जाउआउ गर्न दोलखाको चरिकोट, रामेछाप हुदै खुर्कोटको सडक प्रयोग गर्नुपर्ने अवस्था थियो । त्यसका अतिरीक्त हेटौंडा हुदै पनि काठमाडौं आउजाउ बाक्लिएको थियो ।
