बिपी राजमार्गमा शुक्रबार साँझ सम्म एकतर्फि संचालन हुने
1 महीना पहिले प्रकाशित
रामेछाप । केहि दिन अघीको अविरल बर्षा पछि रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको बिपी राजमार्ग शुक्रबार साँझ सम्म संचालन हुने भएको छ ।
क्षतिग्रस्त राजमार्ग पुननिर्माणमा भइरहेको कामको अनुगमन गर्नका लागि बिहिबार राजमार्गमा आईपुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शुक्रबार (भोली) सम्म एकतर्फि रुपमा राजमार्ग संचालन हुने जनाएका छन् । त्यसका लागि सडक विभाग र निर्माण व्यवसायी दुवै तर्फबाट काम भइरहेको उनले वताएका छन् ।
असोज १७ गते अपरान्ह देखि बिपी राजमार्गको नेपालथोक देखि दाप्चापुल सम्मको भागमा सवारी आवागमन ठप्प छ । राजमार्गका विभिन्न भागमा गत बर्ष रोशीको बाढीले क्षति गरेकाले अस्थायी रुपमा गेगर थुपारेर बनाएको सडक यो बर्ष झारेपछि आवागमन ठप्प भएको हो ।
सडक विभागका अनुसार यो पटक क्षतिग्रस्त भएका अधिकांश स्थानमा एकतर्फि सवारी संचालन हुन सक्ने गरी सडक पुननिर्माण भइसकेको छ । रोशीको बाढीलाई फर्काएर गत बर्षकोझै गेगर थुपारेर किनारबाट सडक निकालिएको छ ।
विभागले एकतर्फि यातायात संचालन हुदा पनि सडक पुननिर्माण कार्य लागि जारी राख्ने छ । मन्त्री घिसिङले थप मेसिन हालेर काम गरिराख्ने वताएका छन् । गाडि चल्दै गर्छ, सडक थप सुधार हुदैगर्छ, उनले भने । विस्तारै दुई तर्फि रुपमा आवागमन हुने गरी काम गर्ने गरी विभागले हाललाई भने एकतर्फि भएपनि यातायात संचालन गरिहाल्ने मनस्थिति बनाएको हो ।
गत बर्ष बगाएको झण्डै २९ किलोमिटर सडक खण्डलाई भविष्यमा बाढी र पहिरोबाट भरसक क्षति नहुने गरी दोहोरो यातायात संचालन हुन सक्ने सडक निर्माण गर्न विभागका सम्बन्धित डिभिजनले यसअघी ठेक्का स्वीकृत गरेको थियो । उक्त ठेक्काका लागि निर्माण व्यवसायीहरु निर्माण स्थलमा दशैं अघीनै परिचालन भइसकेका छन् । हाल उनीहरुले पनि अस्थायी सडक निर्माणमा काम गरीरहेका छन् ।
र्वि नेपालको लाईफलाईनको रुपमा रहेको विपी राजमार्ग अवरुद्ध भएपछि यातायात संचालनमा हाल लामो बाटोको भर पर्नु परेको छ । पूर्वि पहाडका जिल्लाहरुबाट काठमाडौं जाउआउ गर्न अहिले दोलखा रामेछाप हुदै खुर्कोट निस्कनु पर्ने वाध्यता छ । घुमाउरो र लामो बाटो समय, ईन्धन र खर्चका हिसावले दोव्वर लाग्न थालेको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
