रामेछाप । अविरल बर्षाका कारण बाढी र पहिरोको उच्च जोखिमको अवधिमा रात्रीकालिन सवारी संचालनमा लगाएको रोक रामेछाप प्रशासनले फुकुवा गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले खुर्कोट नाका देखि मिल्ती नाका सम्म साँझ ५ बजे पछि विहान ५ बजे सम्मका लागि गत १९ गते देखि २४ गते सम्म अत्यावश्यक बाहेकका सवारी संचालनमा रोक लगाएको थियो । बर्षा रोकिएकोले जोखिम पनि कम हुँदा सावधानि अपनाएर रातिको समयमा समेत सवारी संचालनमा फुकुवा गरीएको जिल्ला प्रशासनले जनाएको छ ।