रामेछाप । बाढी पहिरोले राजमार्ग अवरुद्ध भएपछि काठमाडौं जान नसकेका केहि यात्रुलाई तारा एयरको विमानले सोमबार अपरान्ह रामेछापबाट काठमाडौं पु¥याएको छ । तारा एयरका अनुसार १७ जना यात्रुलाई काठमाडौं पठाइएको हो ।
रामेछाप विमानस्थलबाट लुक्लाका लागि उडान हुदै आएपनि काठमाडौंका लागि विमान कम्पनीहरुले नियमित उडान राखेका छैनन् । तारा एयरले पनि नियमित उडान गरेको हैन् । उक्त एयरलाईन्सका स्टेशन प्रमुख प्रविन सुवेदीका अनुसार नियमित र विपद् पछिको उद्धार उडानका बारेमा अन्य विमान कम्पनी संग पनि छलफल भइरहेको छ ।
यसैविच विघटित प्रतिनिधि सभाका सदस्य पूर्णवहादुर तामाङ ( कान्छाराम ) ले मंगलबार देखि समिट एयरले काठमाडौं–रामेछाप–काठमाडौं उडान गर्ने भएको जानकारी दिएका छन् । समिटले दिउँसो उडान गर्ने तालिका सार्वजनिक गर्ने उनले जनाएका छन् ।
यसैविच शुक्रबार देखि मौँसमका कारण हुन नसकेको लुक्लाका लागि सोमबार रामेछापबाट सीता, तारा र समिट एयरले उडान गरेका छन् । उडानको प्रतिक्षामा विदेशी पर्यटकहरु मन्थलीमा अड्किएका थिए ।
