रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ कल्चौडेंमा यात्रुबाहक जीप दुर्घटनामा परेको छ । दुर्घटनामा ८ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अवस्था गम्भिर छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार खाँडादेविको गोगनपानीबाट मन्थली आउदै गरेको उक्त जीप कल्चौडेंमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाईते भएकाहरुलाई उद्धार गरी उपचारका लागि मन्थली अस्पतालमा ल्याइएकोमा २ जनालाई थप उपचारका लागि काठमाडौं रेफर गरीएको छ ।

अन्य घाईतेको अवस्था सामान्य रहेको मन्थली अस्पतालका मेसु डा. केशवसिं धामीले वताएका छन् । दुर्घटनामा परेकाहरु एकै परिवारका हुन् ।