रामेछाप । रामेछापको मन्थली स्थित शुभसम्वृद्धि आयल स्टोरमा गए राती चोरी भएको छ । राती साँढे १२ बजे नकावधारी एक युवकले आयल स्टोरको विक्री काउण्डरमा नगद झिक्दै गरेको सिसीटिभी फुटेजबाट देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रबक्ता प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार चोरी भएको पुष्टि भएको र त्यसको अनुसन्धान कार्य अघी बढाइएको छ । आयल स्टोर संचालकले एक दिनको ईन्धन विक्री बापतको झण्डै ३ लाख रुपैयाँ काउण्टरको घर्रामा रहेको जानकारी गराएको तर एकिन रकम बारे विवरण प्रहरीले पाइसकेको छैन् ।