रामेछाप । मुलुकमा बाढी पहिरोका कारण निम्तीएको विपतका कारण यात्रा असजह भएको भन्दै गृह मन्त्रालयले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेकोमा सोमबार भने सेवा सूचारु गर्न निर्देशन दिएको छ ।
गृहको निर्देशन बमोजिम रामेछाप जिल्ला प्रशासनले समेत सोमबार सवै सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थालाई कार्यालय खोलेर सेवा संचालन गर्नका लागि निर्देशन सहितको सूचना आईतबार अपरान्ह प्रकाशित गरेको छ ।
बाढी पहिरोले क्षतविच्छेद सडकमा आंशिक मात्र सवारी संचालन भएका र विदाको पूर्व सूचना भएकाले सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाका कर्मचारी भने फर्किसकेका छैनन् ।
