रामेछाप । अविरल बर्षाको कारण बाढी र पहिरोबाट जनधनको क्षति हुन नदिन रामेछाप प्रशासनले आज वेलुका ५ बजे देखि खुर्कोट मन्थली मिल्ती सडक खण्डमा अत्यावश्यक बाहेकका अन्य सवारी साधन संचालनमा रोक लगाएको हो ।

आईतबार जिल्ला प्रशासन कार्यालय रामेछापले सूचना मार्फत उक्त जानकारी दिएको हो । अत्यावश्यक बाहेकका सवारी साधनलाई बेलुका ५ बजे देखि विहान ५ वजे सम्म रोक लगाईएको हो । उक्त व्यवस्था असोज २४ गते सम्म लागू हुनेछ ।