रामेछाप । अविरल बर्षाका कारण शनिबार सोलुको लुक्लाका लागि रामेछापबाट निर्धारित झण्डै २० उडान रद्ध भएका छन् । शनिबार विहानै देखि रामेछाप र आसपासको क्षेत्रमा मौसम प्रतिकुल रहेको छ ।
रामेछाप नागरिक उडड्यन कार्यालयका प्रमुख अमित चौरसियाका अनुसार शनिबार देखि तीन वटा विमान कम्पनीहरुले रामेछाप विमानस्थलमानै रात्रिकालिन जहाज पार्किङ गरेर आईतबार विहानै देखि यात्रु लक्षित उडान गर्ने कार्यक्रम थियो । उक्त तयारी समेत हुन सकेको छैन् ।
लुक्लाका लागि निर्धारण भएका उडानहरु रद्ध हुदाँ काठमाडौंबाट सडक मार्ग हुदै लुक्ला जान मन्थली आईपुगेका विदेशी पर्यटकहरु मन्थलीमानै बसेका छन् । सरकारले सडक यात्रामा समेत रोक लगाएकोले यात्रुहरु मौसम खुल्ने प्रतिक्षामा बसेका छन् ।
