रामेछाप । उर्जा, जलश्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ दशैकाे समेत अवसर पारेर बुधबार जन्मघर रामेछापको बेथान आईपुगेका छन् ।
विपी राजमार्गको अनुगमनमा निस्केका मन्त्री घिसिङ बुधबार अपरान्ह रामेछापको सुनापति गाउँपालिका ४ बेथानको डहु स्थित जन्मघर आईपुगेका हुन् । उनी सगैं सडक विभाग र आयोजनाका प्राविधिकहरु पनि सगैं रहेका छन् ।
मन्त्री भएपछि पहिलो पटक काभ्रेको सिमावर्ति क्षेत्र बेथानको डहु स्थित जन्मघर आईपुगेका घिसिङलाई परिवारका सदस्य, आफन्त र स्थानीय बासिन्दाले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा मन्त्री घिसिङले गत बर्ष क्षतविच्छेद भएको विपी राजमार्ग अनुगमनमा आएकोले गाउँ र जिल्लाका सवैलाई भेटन् कठिनाई भएको वताए । ‘आजै काठमाडौं फर्कनु पर्ने भएकाले अहिले सकिन फेरी पनि जिल्लाका सदस्याहरुको बारेमा जानकारी लिन आउने छु ’ उनले दशैंको शुभकामना दिदै भने ।
मन्त्री घिसिङले गत बर्ष सुनकोशीको बाढीले बगाएको खैरेनीघाटको पुल निर्माणका लागि आवश्यक कदम चालिने वताए । त्यसका अतिरीक्त रोशी खोलामा बेलिव्रिज राखेर सिधैं सिंन्दुरेटारको पुलमा आउने बैकल्पिक बाटो निर्माणका लागि पनि पहल थालिहाल्ने वताए । उनी रोशीको डाईभर्सन तरेर सिंदुरेटारको पुल हुदै बेथान आईपुगेका हुन् । स्वागत कार्यक्रममा उनले मौसमविदहरुले यो साता ठुलो पानी पर्ने भनेर जानकारी दिएको सवैलाई सुरक्षित र सचेत रहन पनि आग्रह गरे ।
