रामेछापका सबै घरमा विजुली, गुणस्तर सुधारको अभियानमा प्राधिकरण
2 महीना पहिले प्रकाशित
रामेछाप । रामेछापमा अव विजुली बत्ति बाल्ने गाउँ टोल हैन, घर कतै छन् कि भनेर खोज्न थालिएको छ । बसाई सरेर आउने, छोरा भिन्न भएर अर्को घर बनाई मिटर माग्ने भन्दा बाहेक अव मेरो घरमा बिजुलीको लाईन जोडिदिन बाँकी छ भनेर विद्युत प्राधिकरणमा मिटर माग गर्दै निवेदन हाल्ने नागरिक आउन छोडेका छन् ।
उमाकुण्ड गाउँपालिकाको गुप्तेश्वरमा गत चैतमा नेपाल विद्युत प्राधिकरणले अभियानको रुपमा मिटर ठोकेपछि रामेछापका सवै पालिका र वडामा विजुली झुल्किएको हो । ‘अव अध्यारो रहेको घर बाँकी कतै छ भने सूचना गर्नु ’ प्राधिकरणका अधिकारीहरुले भन्न थालेका छन् । सवैतिर लाईन पुगेपछि प्राधिकरणमा अव पोल र तार माग्ने अनि राजनीतिक मुद्धा बनाउने कुराको पनि अन्त्य भएको छ । दुई बर्ष अघी सम्म विद्युत बाल्ने कुरा नेताहरुका लागि चुनावी मुद्धा हुने गरेको थियो । धेरैले विद्युतका पोल र तार वितरण गरेर पनि भोट बटुलेका थिए ।
नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रका प्रमुख दिपेन्द्र बुढाथोकीका अनुसार रामेछापमा अहिले ४० हजार ३ सय घरधुरीमा नेपाल विद्युत प्राधिकरण मार्फत विजुली पुगेको छ । त्यस बाहेक खिम्ती जलविद्युत आयोजनाले आफ्नो प्रभावित क्षेत्रमा सहकारी मार्फत वितरण गरेको विद्युत उपभोग गर्ने घर परिवार अलग्यै छन् । गोकुलगंगा गाउँपालिकाको रस्नालु, बेताली, नामाडि र फर्पु, लिखु तामाकोशी गाउँपालिकाको खिम्ती अनि मन्थली नगरपालिकाको गेलुको अधिकांश भाग र फुलासीमा खिम्ती ग्रामिण विद्युत सहकारी संस्थाबाट विद्युत वितरण गरिएको छ । त्यसका लागि संस्थाका आफ्नै दुइ लघु जलविद्युत आयोजना संचालनमा छन् । झाँक्रे (५ सय १० किलोवाट ) र हलुवा खोला ( ४ सय किलोवाट ) साना जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई सहकारीले उक्त क्षेत्रमा वितरण गरेको छ । संस्थाका अध्यक्ष नानीबाबु बस्नेतका अनुसार ति क्षेत्रका ११ हजार घर धुरीमा संस्थाबाट वितरित लाईनबाट विजुली बालिएको छ ।
वितरण केन्द्र प्रमुख बुढाथोकीका अनुसार रामेछापका ४० हजार ३ सय घरमा वितरित विद्युत नियमित र गुणस्तरीय बनाउनका लागि विभिन्न स्थानमा रहेका ७ वटा सव स्टेशन मार्फत लाईन वितरण गरिएको छ । मन्थली, राकाथुम, वाम्ती, दोरम्बा र साँघुटारका सव स्टेशन प्राधिकरणको रामेछाप वितरण केन्द्र मन्थली अन्तरर्गत संचालन भइरहेका छन् भने किर्ने र चुचुरेको सव स्टेशन खिम्ती ग्रीडले संचालन गर्दै आएको छ ।
किर्ने र चुचुरेको सव स्टेशन ठुला भएपनि त्यसै कम्पाउण्ड भित्र स्थानीय रुपमा वितरण गर्नका लागि बेग्लै सव स्टेशन बनाई संचालनमा ल्याइएकोले त्यसको संचालन समेत ग्रीडलेनै गर्ने गरेको बुढाथोकीले वताए । ति सव स्टेशन बाट निकालीएका वितरण लाईनहरुमा विभिन्न क्षमताका साना ठुला ५ सय ९० वटा ट्रान्सफरमरले उज्यालोलाई थप चहकिलो बनाउने काम गर्दै आएका छन् ।
वितरित विद्युत मध्ये सवैभन्दा बढी पैसा खानेपानी पम्पिङ्ग गर्ने लाईनबाट प्राधिकरणले कमाईरहेको छ । जिल्लामा खाँडादेवि र लिखु तामाकोशी गाउँपालिका तथा मन्थली र रामेछाप नगरपालिकामा दर्जनौं खानेपानीका आयोजनाले आफ्ना उपभोक्तालाई वितरण गर्ने खानेपानी विद्युतको साहारामा तल देखि लिफ्ट गरेर माथि पु¥याई वितरण गर्ने गरेका छन् । एउटै खानेपानी योजनाले प्राधिकरणलाई मासिक लाख भन्दा बढी विद्युत महसुल भुक्तानी गर्ने गरेका छन् ।
बुढाथोकीका अनुसार प्राधिकरणले वितरण गरेको एकै लाईनबाट सवैभन्दा बढी महसुल बुझाउने चाँहि सुनकोशी मरिण डाईभर्सन आयोजनाको बाँध निर्माण स्थल र उमाकुण्ड गाउँपालिकामा निर्माणाधिन अवस्थामा रहेको भिजन हाईड्रो हुन् । ति आयोजनाले मासिक ३५ लाख सम्मको विद्युत खपत गरिरहेका छन् ।
‘अव हाम्रो ध्यान विद्युत पुर्याउने भन्दा पनि नियमित र गुणस्तरिय विद्युत पु¥याउनेमा केन्द्रीत रहेको छ ’ बुढाथोकी भन्छन् – प्रशारण र वितरण लाईनहरुलाई व्यवस्थित गर्ने, नाङ्गो तार परिवर्तन गरी केबुल राख्ने, अत्यावश्यक देखिएका स्थानमा ट्रान्सफरमर थप गर्ने लगाएतका सुधारका कार्यको अभियानमा रामेछाप वितरण केन्द्र जुटेको छ । ‘ यो अभियानमा स्थानीय तह र नागरिकको रचनात्मक सहयोगको अपेक्षा गरेका छौं ’ बुढाथोकीले भने ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
