जेनजीका कोमल हातले मुलुक जलाउने काम हुनै सक्दैन – पौडेल
2 महीना पहिले प्रकाशित
रामेछाप । केपी ओली नेतृत्वको तत्कालिन सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मुलुक जलाउने काम जेनजीका कोमल हातले गर्नै नसक्ने बताएका छन् ।
जेनजीका नाममा स्वार्थको राटी सेक्ने काम भएको पौडेलले वताए । जेनजीको समूहमा गैह्र जेनजीले अराजकता मच्चाए पौडेलले भने । त्यो राजनीतिक आन्दोलन र प्रदर्शनको रुपमा सिमित रहेन । आफुहरु पनि मुलुकमा धेरै आन्दोलनमा सरिक भएको वताउदै उनले भने – हामीले कहिल्यै पनि राष्ट्रिय सम्पत्तिको विनास गर्ने मनसाय राखेनौं, धेरै भयो भने सडकका ढुङगानै हाम्रा हतियार हुन्थे र त्यसैलाई फाल्थ्यौं ।
बिहिबार अपरान्ह रामेछापको मन्थलीमा पत्रकारहरु संग कुरा गर्दै पूर्व मन्त्री पौडेलले जेनजीको नाममा मुलुकमा अहिले सम्म नभएको क्षति भयो । ‘यति छोटो आन्दोलनमा कहिल्यै नभएको क्षति राज्यले बेहोर्नुप¥यो, जुन सामान्य हुदै सक्दैन्, यसमा राष्ट्रिय अन्तराष्ट्रिय तत्वको घुसपैठ भएको छ । यसले केहि गम्भिर प्रश्न उठाएको छ ’ पौडेलले भने– सरकारले छानविन समिति गठन गरेको छ, सत्य बाहिर आउलानै ।
‘जेनजीले उठाएका विषयहरु महत्वपूर्ण र जरुरी थिए’ पौडेलले भने – लोकतन्त्र र गणतन्त्रले समाधान दिन नसकेका कुरा जेनजीले उठाएको विषयमा सरकारमा रहेका पार्टीले गम्भिर रुपमा लिन नसकेको हुदाँ यो अवस्था आयो । सरकारमा रहेका सुरक्षा सल्लाहकारले समेत समयमा सहि सूचना नदिएको गुनासो उनले गरे ।
सिंहदरबारमा सुरक्षाका लागि बन्दुक दिएर राखेका सुरक्षाकर्मीले राष्ट्रिय सम्पत्तिमा आगो झोस्दा पनि आदेश छैन् भनेर बसेको कुराले आफुलाई आश्चर्यमा पारेको पौडेलले वताए । ‘जे का लागि काम दिएको हो त्यसैका लागि फेरी आदेश माग्नु पर्ने अवस्था यदि हो भने अव त्यसलाई सुधार गरेर अघी बढ्नुपर्छ ’ पौडेलले भने ।
नेता पौडेलले अन्तरिम सरकारलाई प्राप्त म्याण्डेट अनुसार समयमानै निष्पक्ष निर्वाचन हुनुपर्नेमा पनि जोड दिए । काँग्रेसमा विषेश महाधिवेशको आव्हानको लागि हस्ताक्षर अभियान चलिरहेको बेला केन्द्रीय सदस्य समेत रहेका पौडेलले पार्टीको नियमित अधिवेशन आउदो मंसिरमा गर्नुपर्ने वताए । उनले पार्टीले नेतृत्व परिवर्तन गर्ने मात्र नभै निती पनि परिवर्तन गरेर अघी बढ्नुपर्नेमा जोड दिए । नियमित अधिवेशन गरौं, पुरानो नेतृत्वलाई सम्मानजनक रुपमा विदाई गरौं पौडेलले भने अव नेतृत्व फेर्न अनिवार्य भएको छ ।
निवर्तमान मन्त्री पौडेलले आफु सरकारमा रहेका बेला स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको दावि गरे । ‘नागरिकको उपचार र विमा लगाएतका सुविधामा धेरै काम भएको छ ’ उनले भने ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
