+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

चट्याङले प्रशारणलाईनमा क्षति, ८९ मेघावाट विजुली खेर

2 महीना पहिले प्रकाशित

रामेछाप । बुधबार अपरान्ह परेको चट्याङ लागेर दोलखा देखि लामोसाँघु लगिएको विद्युत प्रशारण लाईनमा क्षति पुगेको छ । चट्याङले सिंगटी देखि लामोसाँघु जोड्ने १ सय ३२ केभि प्रशारण लाईनमा क्षति पुग्दा निजी क्षेत्रबाट उत्पादित विद्युत केन्द्रीय प्रशारणलाईनमा पुग्न सेकेको छैन् । प्रशारण लाईन क्षति भएपछि निजी क्षेत्रको ८९ मेघावाट विद्युत खेर गइरहेको छ ।

नेपाल विद्युत प्राधिकरण खिम्ती ग्रीड शाखाका अनुसार उक्त प्रशारणलाईनको एक फेज संचालन गरी दोलखाको सिंगटी, सुरीखोलाा, सिप्रिङखोला, घट्टेखोला र युनिभर्सल जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रशारणलाईनमा जोडिएको थियो । प्रशारण लाईनको काम पुरा गरेर विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिसकेको अवस्था भने छैन् ।

चट्याङ लागेर तार चुँडिएकोले विद्युत प्रशारण अवरुद्ध भएको जनाइएको छ । चुडिएको तार मर्मत गर्नका लागि प्राविधिकहरु परिचालन भइसकेका छन् । विहिबार बेलुका सम्म मर्मत कार्य सम्पन्न गरी विद्युत प्रशारण खुलाउनका लागि प्रयास भइरहेको वुझीएको छ ।

बुधबरा दोलखामा ठुलो हावाहुरी, चट्याङ र पानी परेको थियो । चट्याङले दोलखा जिरी खण्ड अन्तरगत नाम्दु नजिकको जंगलमा दर्जनौं रुख ढलेका र केहि समय सम्म सडक समेत अवरुद्ध भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले