काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले आज देशबासीका नाममा संवोधन गर्ने भएकी छिन् । साँझ ६ बजे प्रधानमन्त्री कार्कीले देशबासीको नाममा संवोधन गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।
जेनजी आन्दोलनको बलमा आगामी ६ महिना भित्र प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी गठन भएको सरकारकी प्रधानमन्त्रीको देशवासीका लागि यो पहिलो संबोधन हुनेछ । कार्कीले जेनजीको माग बमोजिमका साशकिय सुधार, जेनजी आन्दोलनमा तत्कालिन सरकारले गरेको दमन, मन्त्रीपरिषद गठन र विस्तार तथा सरकारका आगामी कार्यदिशा बारे संवोधन हुने अपेक्षा गरिएको छ ।
