खर्च घटाउन बागमति प्रदेश सरकारले पुनर्संरचना गर्दै
2 महीना पहिले प्रकाशित
हेटौंडा । बागमति प्रदेश सरकारले प्रदेश सरकारका मन्त्रालय, निकाय, कार्यालय र कर्मचारीको दरबन्दीमा पुनर्सरचना गर्ने भएको छ ।
मूख्यमन्त्री ईन्द्रवहादुर बाँनियाँको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकले त्यसका लागि आर्थिक मामिला तथा योजना मन्त्रीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले सवै विषयलाई अध्ययन गरी प्रतिवेदन गर्नेछ ।
श्रोतका अनुसार खर्चको दायरा घटाउनका लागि अनावश्यक देखिएका, कम बजेट र बढी कर्मचारी भएका मन्त्रालयहरु समेत मर्जर गरिनेछन् । प्रदेश योजना आयोग जस्ता निकायहरु खारेजीको तयारी रहेको छ ।
आफु सरकारमा हुदाँ मन्त्रीहरुले शक्तिको आडमा जिल्लाहरुमा स्थापना गरिएका कतिपय कार्यालय खारेजिमा पर्ने भएका छन् । समान प्रकृतिका काम गर्ने निकायहरु गाभिने तयारी गरीएको छ । शहरी र पूर्वाधार विकास कार्यालयहरु गाभेर एकै बनाउने, कृषि पशु जस्ता कार्यालयहरु एउटै बनाउने तयारी पनि सरकारको छ ।
मन्त्रालय, विभाग, कार्यालय र कर्मचारी दरवन्दीमा पुनराबलोकन गर्दा प्रदेश सरकारको बजेट अहिले जति आवश्यक नहुने तर कार्यसम्पादनमा खासै कुनै असर नपर्ने निष्कर्ष मन्त्रीपरिषदको रहेको छ ।
यसअघी गण्डकी प्रदेश सरकारले पनि कार्यालय खारेजी र कर्मचारी समायोजनको निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनको चरणमा रहेको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
