+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

धेरै पछि सोमबारे हाट भरिभराउ

2 महीना पहिले प्रकाशित

रामेछाप । दशैं नजिकिदै जादाँ मन्थलीमा लाग्ने साप्ताहिक सोमबारे हाटमा सामान खरिद बिक्री गर्नेको भीड लागेको छ । धेरै अवधि पछि सोमबारे हाट भरिभराउ देखिएको हो ।

दशैंका लागि मरमसला, कपडा, तरकारी र अन्य आवश्यक सामाग्री खरिदका लागि स्थानीय बासिन्दाहरु सोमबार विहानै देखि साप्ताहिक हाट लाग्ने स्थान मन्थली १ को गडुवारी स्थित हाटेचौरमा पुगेका छन् । हाटमा दैनिक उपभोग्य सामाग्री धेरै देखिएको थियो ।

२०४५ सालमा जिल्ला सदरमुकाम मन्थलीमा बसेपछि सोमबार साप्ताहिक हाट लगाउन शुरु गरीएको हो । पहिले त्यहि हाटमा खरिद गरेको तरकारीले साताभरी पु¥याउनु पर्ने बाध्यता थियो । २०७० सालमा तराई संग रामेछाप जोडिएपछि भने स्थानीय बजारमा तराईको र जिल्लाका विभिन्न भागमा उत्पादन भएका तरकारी पाईने हुदाँ हाट बजारमा पुग्ने खरिदकर्ता विस्तारै घटदै गएका थिए ।

थोरै कृषि उपज र फलफुल उत्पादन गर्नेले साप्ताहिक हाटमा सामान विक्री गर्ने र आफुलाई आवश्यक अरु सामाग्री खरिद गरेर लैजानका लागि उक्त बजार महत्वपूर्ण मानिन्छ । मन्थलीको सोमबारे हाट राँगा र बंगुरको मासुका लागि पनि कहलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले