रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापति पूणवहादुर तामाङ ( कान्छाराम) ले संविधानसभा दिवसको अवसरमा आयोजित कार्यक्रमस्थलबाट दुई युवालाई निकालेको विषयमा क्षमायाचना मागेका छन् ।

जेनजीको आन्दोलनमा हिडेको भन्दै उनले दुई विद्यार्थीहरुलाई कार्यक्रमबाट बाहिर निकालेका थिए । उनले पार्टीका युवा विद्यार्थीहरु आन्दोलन, तोडफोड र आगजनि गर्दै हिड्ने भन्दै आक्रोशित मुद्रामा कार्यक्रममा बसिरहेका दुई विद्यार्थी नेताहरुलाई कार्यक्रमबाट बाहिर निकालेका थिए ।

आईतबार एक विज्ञप्ति प्रकाशित गरी तामाङले पार्टीले आव्हान गरेका कार्यक्रम बाहेकका कुनै पनि कार्यक्रमहरुमा नभईदिनु हुन अनुरोध गरेका छन् । उनले आन्दोलनमा हुने कुनै पनि अप्रिय घटना, दमन वा आक्रमण संभावित दुर्घटनालाई मध्यनजर गर्दै त्यसबाट मानविय लगाएत कुनै पनि क्षति नहोस भन्ने मनसायले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा मेरा अभिव्यक्तिहरु दिएको हो, उक्त अविव्यक्तिबाट युवा तरुण विद्यार्थीहरुको आत्म सम्मानमा कुनै चोट पर्न गएमा क्षमापार्थी छु । उनले असल नियतका साथ व्यक्ति अभिव्यक्तिहरुलाई अतिरञ्जित नबनाईदिन पनि अनुरोध गरेका छन् ।

तामाङको उक्त कार्य प्रति उपसभापति लेखवहादुर कार्की, महाधिवेशन प्रतिनिधि भरत प्रसाद चौलागाई लगाएतले सामाजिक सञ्जालमा दुख्ख प्रकट गरेका थिए । उनीहरुले युवा विद्यार्थीको साथमा रहेको अविव्यक्ति दिएका थिए । कार्यक्रमस्थलबाट बाहिरीन बाध्य विद्यार्थीका नेताहरुले पनि जिल्ला सभापतिको उक्त कदम प्रति आपत्ति जनाउदै आफु संघर्ष गरेर अघी बढेको भन्दै विचलित नहुने वताएका थिए । उनीहरुले सभापतिको अभिव्यक्ति तथा व्यवहारबाट युवा विद्यार्थीमा पुगेको चोट प्रति माथि मागेका थिए ।