+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

कार्की कार्यबाहक सभापतिको जिम्मेवारीमा नरहेको जनाउ

2 महीना पहिले प्रकाशित

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापति पूर्णवहादुर तामाङ (कान्छाराम ) ले उपसभापति लेखवहादुर कार्कीलाई कार्यबाहक जिल्ला सभापतिको जिम्मेवारी नरहेको जनाउ दिएका छन् ।

तामाङले २०८२ असोज ५ गते देखि कार्यबाहक जिल्ला सभापतिको जिम्मेवारी नरहेको भन्ने व्यहोराको पत्र आईतबारनै कार्कीलाई पठाएका थिए । तामाङ उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पदमा नियुक्त भएपछि बारम्बार जिल्लामा आउन असमर्थ हुने जनाई जिल्लामा नआउन्जेलका लागि कार्कीलाई कार्यबाहक जिल्ला सभापतिको जिम्मेवारी दिएको भन्ने व्यहोराका पत्र दिएका थिए ।

राज्यमन्त्रीको रुपमा पटक पटक जिल्ला आउदा तामाङले आफुलाई जिल्ला सभापति र कार्कीलाई कार्यबाहक जिल्ला सभापतिको रुपमा संवोधन गर्न लगाउथे । दर्जनौं कार्यक्रममा यसै बमोजिमको मर्यादा राखेर उनीहरु सहभागि हुने गरेका थिए ।

केहि महिना अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्दा काँग्रेसको कोटामा राज्यमन्त्री बनेका तामाङलाई निष्काशन गरेका थिए । राज्यमन्त्री हटेपछि पनि जिल्लामा पटक पटक आयोजित कार्यक्रममा उनले कार्यबाहक सभापतिको हैसियतमा कार्कीलाईनै राखेका थिए ।

गएको चौधौं अधिवेशनमा एउटै समूहबाट सभापति र उपसभापतिको उमेदवार भई विजयी भएका तामाङ र कार्की विच झण्डै दुई महिना देखि खटपट भएको थियो । खटपटको विषय भने सार्वजनिक भएको छैन् ।

कार्यबाहक नरहेको पत्र पाएपछि उपसभापति कार्कीले पार्टीले दिएको पत्र आईतबारनै फेसबुकमा राखेर सभापति तामाङलाई धन्यवाद दिएका छन् । उनले लेखेका छन् ‘मलाई थाहा थियो तपाईले गर्न सक्ने यत्ति हो भनेर । यसैको पर्खाईमा थिए म पनि । धन्यबाद सभापति जि तपाई लाई’ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले