मेरो छोरा शहिदको सूचिमा परोस ः रसाईली
2 महीना पहिले प्रकाशित
रामेछाप । चार दिन भयो पूर्णवहादुर रसाईलीका आँखा ओभाएका छैनन् । २० बर्षको छोरा विकास रसाईली जेनजी आन्दोलनमा अस्थाएपछि घरमा रुवावासी रोकिएको छैन् । परिवारका सवैको रुवावासी छ । हुर्केको छोरा, जो स्नातक पढदै थियो अनि जापान जाने तयारी पनि गर्दै थियो, त्यहि आन्दोलनमा विलाएपछि गाउँले र आफन्तले जति सम्झाउदा पनि पूर्णवहादुरको छातिमा परेको गहिरो चोटमा मलम लगाउन सकेका छैनन् ।
विकास रसाईली एक मात्र छोरा थियो, पूर्णवहादुर र सानु रसाईलीको । काठमाडौंमा जेनजीको आन्दोलन सुरु भएपछि उनी दुवै दिन सक्रिय भएर लागे । ‘जताततै अशान्ति, गोली चलेको, धेरै मानिस मरेको र कफ्र्यू लगाएको कुराले मलाई डर लाग्यो ’ बुबा पूर्णवहादुर भन्छन् – मैले नजाउ बाबु भने, उसले मानेन, आन्दोलनमा होमिन गयो ।
२४ गते बेलुका जताततै आगो लागेको थियो । दिनभरी आगलागी र तोडफोडका घटना मात्र सुनिएका थिए । पिनाकल कलेजमा अध्ययन गर्ने विकास रसाईली पनि त्यहि भुमरीमा दिनभरी हिड्यो । ‘बेलुका अवेर डेरामा आयो, खाना खायो’ बुबा पूर्णवहादुर भन्छन् – अव त बस्ला भन्ने थियो, मैले सुत बाबु अव भने, उसले मानेन । साथिहरु सवै आन्दोलनमै छन् म सुतेर के हुन्थ्यो, उनीहरु पर्खिरहेका छन् भनेर हिड्न ठिक पर्यो । ‘मैले हुदैन, नजाउ भने उसले मानेन, अव पनि हामी आन्दोलनमा गएनौ भने को जान्छ भन्दै बेलुका ८ बजे तिर डेरा बाट निस्कीया’े पूर्णवहादुरले रुदै भने – त्यहि अन्तिम पाईला भयो ।
आन्दोलनमा गएको छोरा त्यो राती फर्केन । उसका साथिहरु जो सम्पर्कमा थिए, उनीहरुलाई फोन गर्दा लागेन् । ‘त्यसको भोलीपल्ट २५ गते देखि हामीले काठमाडौंका सवै अस्पताल चाहा¥यौं, सेना र प्रहरीका व्यारेक धायौं, तर कतै फेला परेन ’ पूर्णवहादुर भन्छन् – नयाँ सरकार बन्यो, आन्दोलन थामियो तर मेरो मन थामिएन, हराएको छोराको पत्तो लागेन ।
पाँच दिन अघी उसैका साथीहरुले यहाँ सम्म सगैं थियौं भनेर कोटेश्वर भाटभटिनीको सुपरमार्केटको डढेको घर देखाए । त्यहि खोजी केन्द्रीत भयो । नभन्दै चौथो तलामा सव भेटियो । उसको मोवाईल र अगाडि जल्न बाँकी रहेको थोरै लुगाले सनाखत भईहाल्यो ।
सव भेटिएको खवर सरकारले गलत तरिकाले सार्वजनिक गरीदियो । पूर्णवहादुर भन्छन् – मलाई छोराले म भाटभटिनीमा आगोको चपेटामा परें भनेर अन्तिम पटक सम्पर्क गरेको कुरा झुटो हो, त्यो भनेर फोन गरेको भए हामीले यति धेरै दिन र धेरै स्थानमा उसको अवस्थाको बारेमा भौतारिएर कुद्नु पर्दैनथ्यो, धाउनु पर्दैनथ्यो । ‘गलत सन्देश गयो, त्यो हैन् हामीलाई छोराले त्यस्तो कुनै सन्देश पठाएको हैन् ’ रसाईलीले भने – डेराबाट निस्केपछि उ सगं कुनै सम्पर्कनै भएन ।
लास भेटिएपछि पोष्टमार्टम गरेको र बिहिबार बेलुका आफ्नो संस्कार अनुसार अन्तेष्टि गरी काममा बसेका पूर्णवहादुर सरकारले दिने सुविधा अरु सरह आफुले पनि पाउनु पर्ने र आफ्नो छोराको नाम शहीदको सूचिमा पर्नुपर्ने वताउछन् । अरुका शव राष्ट्रिय झण्डाले ढाकियो र सलामी भयो तर विकासको शवले त्यो केहि सुविधा पाएन रसाईली भन्छन् – यसमा मलाई सरकार सँग चित्त दुखेको छ ।
रामेछापको खाँडादेवि गाउँपालिका ६ माकादुमबाट झण्डै २० बर्ष अघी काठमाडौं पसेका रसाईलीको परिवार अहिले पनि भाडाको घरमा वस्छ । ललितपुरको च्यासलमा एउटा व्यवसायीकोमा मुर्ति बनाउने काम गर्ने रसाईली र उनकी श्रीमति सानु रसाईलीलाई हुर्केको छोरा गुमाउनु परेको पीडालाई मलम लगाउने भनेको त्यहि शहिदको सूचिमा उनको नाम दर्ज हुनुनै हो ।
रामेछापको माकादुममा भने उनीहरुको अहिले वसोवास छैन् । त्यहि भएर विकासको काम पनि च्यासलमै बसेका छन् । अव पूर्णवहादुरको परिवारमा मन बुझाउने ९ बर्षकी छोरी छिन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
