रामेछाप । रामेछाप जिल्लाकै अग्रणी सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाले संस्थाका संचालक र शेयर सदस्यहरुलाई पूर्व नेतृत्व अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।

शनिबार मन्थलीमा भएको उक्त तालिममा नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघका तालिम अधिकृत दुर्गाप्रसाद ढकालले सहकारी क्षेत्रमा रहेका विद्यमान ऐन, नियम, कानुन, निर्देशिका, परिपत्र, संचालक समितिको निर्वाचनका लागि योग्यता लगाएतका विषयमा प्रशिक्षण दिएका थिए ।

संस्थाका अध्यक्ष गोबिन्दप्रसाद घिमिरेले सहकारी संस्थाको बर्तमान अवस्था र आगामी कार्ययोजनाका बारेमा तालिममा प्रकाश पारेका थिए ।

रामेछाप जिल्लालाई कार्यक्षेत्र बनाई झण्डै १८ हजार शेयर सदस्यहरु समेटेर बचत तथा ऋणको कारोबार गर्दै आएको मन्थली बचत तथा ऋण सहकारी संस्थामा १ अर्ब ४० करोड संस्थागत पूँजि रहेको छ । संस्थाले कुल १ अर्व ७ करोड बचत संकलन गरी ८१ करोड ऋण लगानी गरेको जनाएको छ ।