सहकारीको अभिमुखिकरण तालिम
2 महीना पहिले प्रकाशित
रामेछाप । रामेछाप जिल्लाकै अग्रणी सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाले संस्थाका संचालक र शेयर सदस्यहरुलाई पूर्व नेतृत्व अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।
शनिबार मन्थलीमा भएको उक्त तालिममा नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघका तालिम अधिकृत दुर्गाप्रसाद ढकालले सहकारी क्षेत्रमा रहेका विद्यमान ऐन, नियम, कानुन, निर्देशिका, परिपत्र, संचालक समितिको निर्वाचनका लागि योग्यता लगाएतका विषयमा प्रशिक्षण दिएका थिए ।
संस्थाका अध्यक्ष गोबिन्दप्रसाद घिमिरेले सहकारी संस्थाको बर्तमान अवस्था र आगामी कार्ययोजनाका बारेमा तालिममा प्रकाश पारेका थिए ।
रामेछाप जिल्लालाई कार्यक्षेत्र बनाई झण्डै १८ हजार शेयर सदस्यहरु समेटेर बचत तथा ऋणको कारोबार गर्दै आएको मन्थली बचत तथा ऋण सहकारी संस्थामा १ अर्ब ४० करोड संस्थागत पूँजि रहेको छ । संस्थाले कुल १ अर्व ७ करोड बचत संकलन गरी ८१ करोड ऋण लगानी गरेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
