रामेछाप । गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीवहादुर खड्का (दिनेश) लाई मात्रृशोक परेको छ । खड्काकी आमा पदमकुमारी खड्काको बुधबार गोकुलगंगा ५ नामाडी स्थित आफ्नै घरमा निधन भएको थियो । उनी ८१ बर्षकी थिईन ।

लामो समय देखि काठमाडौं स्थित केएमसी अस्प्तालको भेन्टिलेटरमा राखेर उपचार गराइएएकी खड्कालाई बुधबार मात्र हेलिकप्टरबाट नामाडि ल्याइएको थियो । स्वर्गीय खड्काका ७ भाई छोरा र ५ बहिनी छोरी रहेकोमा एक छोरा र छोरीको केहि बर्ष अघी निधन भएको थियो ।