काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रीमण्डल विस्तार गरेकी छिन् । कार्कीको मन्त्रीमण्डल अव ४ पुगेको छ । सोमबार ३ जना मन्त्रीले सपथ लिएका छन् ।

सोमबार अर्थ मन्त्रीको रुपमा रामेश्वर खनाल, उर्जा, जलश्रोत तथा सिंचाई , भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रीको रुपमा कुलमान घिसिङ र गृह, कानुन न्याय तथा संसदिय व्यवस्था मन्त्रीको रुपमा ओमप्रकाश अर्यालले सपथ लिएका हुन् । मन्त्री परिषदको कार्यविभाजनमा अधिकांश मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री कार्की स्वयंले राखेकी छिन् ।

सोमबार राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री सुशिला कार्कीको उपस्थितिमा नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका थिए । सपथ पछि अर्थ मन्त्री खनाल सिंहदरवार स्थित अर्थ मन्त्रालयमा पुगेर कार्यभार संहालेका छन् । उनले पुननिर्माणका लागि टुक्रे योजनाको लागि बिनियोजन भएको बजेट कटौती गर्ने निर्णय गरेका छन् । यसैगरी गृह मन्त्रीले पदभार ग्रहण गर्ने क्रममा जेनजी आन्दोलनको क्रममा मारिएका परिवारका सदस्यहरुलाई किरीयाखर्च वापत १ लाख दिने, शव लैजानका लागि गाडिको प्रवन्ध गर्ने र दुर्गममा लैजानु परेमा हेलिकप्टरको व्यवस्था गर्ने निर्णय गरेका छन् ।

उर्जा जलश्रोत तथा सिंचाई, शहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ भने सपथ लगत्तै शिक्षण अस्पतालमा पुगेर मृतकका परिवार र घाईतेहरुलाई भेटेका थिए । उनले मृतकको शव पोष्टमार्टम लगाएतको प्रकृया तत्काल थाल्न निर्देशन दिएका थिए । घाईतेको उपचारको प्रवन्धका बारेमा उनले जानकारी लिएका थिए । त्यस लगत्तै उनले क्षतिग्रस्त भौतिक संरचनाको अनुगमन गरेको जनाइएको छ ।