काठमाडौं । काठमाडौंको चुच्चेपाटी स्थित भाटभटिनी सुपरमार्केट भित्र जलेको अवस्थामा ६ जनाको शव फेला परेको छ ।
जेनजीको प्रदर्शनको मौका पारेर भदौ २४ गते उक्त स्टोरमा आगजनि भएको थियो । आगजनीमा परेर ज्यान गुमाएकाहरुको शव पहिचान हुन नसक्ने अवस्थामा आईतबार फेला परेको हो । सवै सव जलेर कंकाल मात्र बाँकी रहेको प्रहरीले जनाएको छ ।
गौश्वाला प्रहरीले जनाए अनुसार जलेको अवस्थामा फेला परेका ति सव भाटभटिनीका कर्मचारी या सामान लुटन गएका मध्ये कसैको हुन सक्ने अनुमान छ । तिनको पहिचानका लागि वेपत्ता भएका परिवारका सदस्यहरुको डिएनए परिक्षण गर्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।
प्रदर्शनको मौका पारेर उपत्यका लगाएत देशभरीका विभिन्न स्थानमा रहेका १ दर्जन भन्दा बढी भाटभटिनीमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।
यसैविच भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा मारिनेको संख्या ७२ जना पुगेको प्रहरीले जनाएको छ । मृतकको संख्या अझ बढ्न सक्ने अनुमान छ । प्रदर्शनका क्रममा सयौं घाईते भएका छन् । तिनको उपचार भइरहेको छ । सरकारले मृतक सवैलाई शहीद घोषणा गरेको छ भने घाईतेहरुलाई निशूल्क उपचारको व्यवस्था गरेको छ । त्यसका अतिरीक्त मृतकको दाहसंस्कारका लागि सहयोग गर्ने र मृतकका आफन्तलाई काठमाडौंमा आउजाउ र वसोवासको खर्चमा आवश्यक परेमा सहयोग गर्ने सरकारको तयारी रहेको प्रधानमन्त्री सुशिला कार्कीले आईतबार पदभार ग्रहण पछि वताएकी छिन् ।
