रामेछाप । रामेछाप कारागार तोडेर भाग्न खोज्ने कैदीवन्दी माथि सुरक्षाकर्मीले गोली चलाउदा मृत्यू हुनेको संख्या ३ पुगेको छ ।
बिहिबार रामेछाप कारागार तोडेर कैदीवन्दी भाग्न थालेपछि सुरक्षामा वसेका सुरक्षाकर्मीले गोली चलाएको थियो । गोली लागेर १४ जना घाईते भएका थिए । घाईतेहरुलाई तत्काल उद्धार गरी उपचारका लागि रामेछाप जिल्ला अस्प्तालमा पु¥याएकोमा २ जनाको उपचारको क्रममा मृत्यू भएको थियो ।
जिल्ला अस्पतालले ६ जनालाई थप उपचारका लागि रेफर गरेको थियो । रेफर भई धुलिखेल अस्पतालमा उपचार गराइरहेका एक कैदीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कारागार घटना पछि उक्त क्षेत्रलाई जिल्ला स्थित सुरक्षा संयन्त्रले नियन्त्रण कायम राखि कैदीवन्दीको प्रयास विफल वनाएका थिए । रामेछाप कारागारमा महिला सहित ३ सय ३६ कैदिवन्दी रहेका थिए ।
