रामेछाप । जेनजीको प्रदर्शनका कारण केहि दिन देखि स्थगत भएको यातायात सेवा आईतबार देखि संचालन हुने भएको छ ।

        रामेछापमा आईतबार देखि साविकमा झै सवै क्यू हरु संचालनमा आउने पूर्व अरनीको यातायात समितिका जिल्ला ईन्चार्ज सुबाश फुयाँलले जनाएका छन् । पूर्व अरनीको यातायात समिति रामेछाप जिल्लाका ग्रामिण वस्ती सम्म  यातायात सेवा संचालन गर्दै आएको छ ।

        यसैविच रामेछापमा सेवा दिदै आएका बेणी त्रिबेणी, हिमगंगा, सिटी भिलेज लगाएतका यातायात समितिले पनि आईतबार देखि सहज रुपमा सेवा संचालन गर्ने जनाएका छन् ।