रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्ला सुरक्षा समितिको भदौ २७ गतेको निर्णय अनुसार जारी गरेका कफ्र्यु र निषेधाज्ञाको आदेश पूर्ण रुपमा हटाएको छ ।

शुक्रबार विहान ६ बजे देखि वेलुका ७ बजे सम्म निषेधाज्ञा र राति ७ वजे देखि शनिबार विहान ६ बजे सम्म कफ्र्यू जारी भएको थियो । शनिबार विहान ६ बजे देखि जिल्ला भर निषेधाज्ञाको सूचना जारी गरेको जिल्ला प्रशासनले शनिबार दिउँसो देखि उक्त आदेशलाई रद्ध गरेको हो ।

जेनजीको प्रदर्शनका क्रममा उत्पन्न भएको असहज परिस्थितिमा शान्ति सुरक्षा कायम गराउन सहयोग गर्ने सवै पक्षलाई प्रशासनले धन्यवाद समेत दिएको छ ।

यसैविच जिल्ला कारागार रामेछाप क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएकाले उक्त क्षेत्रमा लगाइएको निषेधाज्ञालाई भने यथावतै राखिएको जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

विहिबार रामेछाप कारागारमा रहेका कैदिबन्दीले बाहिर निस्कन खोजेपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर २ जनाको ज्यान गएको थियो भने अरु १२ जना घाईते भएका थिए ।