काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्न पश्चात शान्तिपूर्ण निकाश निस्कीएको वताएका छन् ।

शनिबार साँझ एक अपिल प्रकाशित गर्दै राष्ट्रपति पौडेलले संविधान र संसदिय प्रणाली बचेको र लोकतान्त्रिक प्रणाली कायम रहेको उल्लेख गरेका छन् । उनले ६ महिनामा निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघी बढ्न जनताले अवसर पाएको समेत उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले बढो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैमा सम्हालिदै फागुन २१ मा हुने निर्वाचन सम्पन्न गर्न सहयोगको लागि सवैमा अपिल समेत गरेका छन् ।

जेनजी समूहको प्रदर्शनका पछि संसदबाट निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति पौडेलले आन्दोलनरत पक्षको मागमा आधारमा शुक्रबार राती मात्र प्रधानमन्त्री पदमा सुशिला कार्कीलाई नियुक्त गरी सपथ गराएका थिए । कार्कीले आईतवार मात्र मन्त्रीमण्डल गठन गर्ने भएकी छिन् ।

राष्ट्रपतिले संविधान सम्मत प्रधानमन्त्रीमा कार्कीलाई नियुक्त गरेको जनाइएपनि पुराना सत्ताधारी राजनीतिक दलहरुले उक्त कुरामा आपत्ति जनाएका छन् । विभिन्न राजनीतिक दलले प्रधानमन्त्री नियुक्ती भन्दा पनि राष्ट्रपतिले संसद विघटन गरेकोमा आपत्ति जनाउदै धमाधम विज्ञप्ति जारी गर्न लागेका छन् ।