काठमाडांै । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति तोकेका छन् । प्रधानमन्त्री सुशिला कार्कीको सिफारीसमा पौडेलले प्रतिनिधिसभा विघटन गरेका हुन ।

राष्ट्रपति कार्यालयबाट शुक्रबार राति जारी विज्ञप्ति अनुसार राष्ट्रपति पौडेलले २०८२ भदौ २७ गते राती ११ बजे देखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभा विघटन गरेका हुन् । उनले नयाँ प्रतिनिधि सभाका लागि २०८२ साल फागुन २१ गते निर्वाचनको मिति समेत तोकेका छन् ।

यसअघी शुक्रबार राति अवेर जेनजीको माग बमोजिम नेपालको प्रधानमन्त्रीमा सुशिला कार्की लाई नियुक्ती गरी सपथ गराइएको थियो । शुक्रबार बनेको मन्त्रीपरिषदमा कार्की एक्लै छिन् । कार्की सगैं ३ जना मन्त्रीले समेत सपथ खाने चर्चा भएपनि कुनै पनि मन्त्री नियुक्त भएनन् । संभवत शनिबार मन्त्रीमण्डलको पुनगर्ठन हुने जानकारहरुको भनाई छ ।