रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले बिहिबार साँझ देखि जिल्ला भर लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । केहि दिन देखि जिल्ला सदरमुकाम रहेको मन्थली क्षेत्र, रामेछाप बजार, पालिका र वडा कार्यालय रहेको स्थानमा मात्र सिमित निषेधाज्ञालाई बिहिबार साँझ देखि शुक्रबार विहान ६ बजे सम्म जिल्लाको पुरै क्षेत्रमा विस्तार गरीएको हो ।

स्थानीय प्रशासनले जेनजीको प्रदर्शनका कारण रामेछापमा भदौ २५ गते विहान ६ वजे देखि साँझ ६ बजे सम्म मात्र निषेधाज्ञा लगाइएको थियो भने विहिबार भने रातिको अवधिमा पनि निषेधाज्ञा लागू हुने गरी प्रशासनले सूचना जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जारी गरेको कर्फ्यू आादेशको सूचनामा भने यसअघीकै क्षेत्रलाई मात्र समेटिएको छ । बिहिबार साँझ ७ बजे देखि शुक्रबार विहान ६ बजे सम्म मन्थलीको १ नम्बर वडा, रामेछापको भंगेरी देखि रामेछाप अस्पताल सम्म, पालिका रहेको केन्द्र र वडा केन्द्रमा कर्फ्यू लगाइएको छ ।

कर्फ्यूको समयमा घर बाहिर निस्कन पाईदैन् भने निषेधाज्ञाको समयमा ५ जना भन्दा बढी भेला हुन, विरोध प्रदर्शन गर्न, जुलुस र हुल दंङ्गा गर्न नपाउने उल्लेख गरिएको छ ।