सदरमुकाम मन्थली, रामेछाप र पालिका तथा वडा केन्द्रमा कर्फ्यू बाँकी सबै क्षेत्रमा निषेधाज्ञा
2 महीना पहिले प्रकाशित
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले बिहिबार साँझ देखि जिल्ला भर लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । केहि दिन देखि जिल्ला सदरमुकाम रहेको मन्थली क्षेत्र, रामेछाप बजार, पालिका र वडा कार्यालय रहेको स्थानमा मात्र सिमित निषेधाज्ञालाई बिहिबार साँझ देखि शुक्रबार विहान ६ बजे सम्म जिल्लाको पुरै क्षेत्रमा विस्तार गरीएको हो ।
स्थानीय प्रशासनले जेनजीको प्रदर्शनका कारण रामेछापमा भदौ २५ गते विहान ६ वजे देखि साँझ ६ बजे सम्म मात्र निषेधाज्ञा लगाइएको थियो भने विहिबार भने रातिको अवधिमा पनि निषेधाज्ञा लागू हुने गरी प्रशासनले सूचना जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जारी गरेको कर्फ्यू आादेशको सूचनामा भने यसअघीकै क्षेत्रलाई मात्र समेटिएको छ । बिहिबार साँझ ७ बजे देखि शुक्रबार विहान ६ बजे सम्म मन्थलीको १ नम्बर वडा, रामेछापको भंगेरी देखि रामेछाप अस्पताल सम्म, पालिका रहेको केन्द्र र वडा केन्द्रमा कर्फ्यू लगाइएको छ ।
कर्फ्यूको समयमा घर बाहिर निस्कन पाईदैन् भने निषेधाज्ञाको समयमा ५ जना भन्दा बढी भेला हुन, विरोध प्रदर्शन गर्न, जुलुस र हुल दंङ्गा गर्न नपाउने उल्लेख गरिएको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
