रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देलमा रहेको गौरीशंकर संरक्षण क्षेत्रको व्यवस्थापन कार्यालयमा स्थानीयले विहिबार अपरान्ह आगजनी गरेका छन् ।

गुम्देलकै बासिन्दाले बसपार्क नजिक रहेको संरक्षण क्षेत्रको व्यवस्थापन कार्यालयमा आगजनी गरेको स्थानीयको दावि छ । आगजनीबाट कार्यालय भित्र रहेका कागजात र फर्निचर जलेका छन् । पछि आगो लगाउने समूहहरुलेनै आगो निभाएको स्थानीयले जनाएका छन् ।

घटनाको जानकारी पाएपछि गुम्देलकै टाङदिङमा रहेको नेपाली सेना र प्रहरीको टोली गुम्देल बसपार्क पुगेको थियो । घटनामा भएको क्षतिको पूर्ण विवरण प्राप्त भइसकेको छैन् । घटनाको जिल्ला प्रहरी कार्यालयले समेत पुष्टि गरेको छ ।