रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका ६ खिम्तीको छतिवनेमा यात्रुबाहक बलेरो दुर्घटना भएकोछ । दुर्घटनामा परेर ४ जना घाईते भएका छन् ।
गोकुलगंगा गाउँपालिका बाट मन्थली तर्फ आउदै गरेको बागमति प्रदेश ०३–३–०२९ च ६३६० नम्बरको उक्त बलेरो छतिवनेको पुल तरेर खिम्ती तर्फ आउने क्रममा अनियन्त्रित भएर सडक बाट पल्टेको थियो ।
दुर्घटनामा रामेछापको गोकुलगगा ५ नामाडिका जीप चालक साङ्गे तामाङ, वडा नम्बर ६ फर्पुका सिंहवहादुर तामाङ, नामाडिका २२ बर्षिय नरवहादुर तामाङ र दोलखा तामाकोशी गाउँपालिकाकी मधु विश्वकर्मा घाईते छन् । घाईते भएकाहरुलाई उपचारका लागि मन्थली अस्पताल तर्फ पठाइएको प्रहरीले जनाएको छ ।
