कारागारमा गोली लागेका ६ जना थप उपचारका लागि रेफर
2 महीना पहिले प्रकाशित
रामेछाप । रामेछाप कारागारमा विहिबार विहान गोली चल्दा घाईते भएका ६ जनालाई थप उपचारका लागि धुखिखेल र काठमाडौंका अस्पतालमा पठाइएको छ ।
जिल्ला अस्पतालमा उपचार हुन कठिनाई भएपछि उनीहरुलाई विहिबार मध्यान्ह एम्बुलेन्स मार्फत त्यसतर्फ पठाइएको हो । जिल्ला अस्पतालका मेसु डा. अमित साहका अनुसार थप उपचारका लागि रेफर गरिएकाको अवस्था खतरामुक्त छ ।
साहका अनुसार जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएका ४ जनाको उपचार जारी रहेको र २ जनालाई डिस्चार्ज गरिएको छ । विहिबार विहान जेल तोडेर कैदीवन्दी भाग्न थालेपछि सैनिकले गोली चलाएको थियो । गोली लागेर घाईते भएका १४ जना मध्ये २ जनाको मृत्यू भएको छ । कारागारमा ३ सय ३४ जना रहेका थिए । कारागार प्रशासनले हाल कारागारको अवस्था सामान्य रहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
