रामेछाप । रामेछाप कारागारमा विहिबार विहान गोली चल्दा घाईते भएका ६ जनालाई थप उपचारका लागि धुखिखेल र काठमाडौंका अस्पतालमा पठाइएको छ ।
जिल्ला अस्पतालमा उपचार हुन कठिनाई भएपछि उनीहरुलाई विहिबार मध्यान्ह एम्बुलेन्स मार्फत त्यसतर्फ पठाइएको हो । जिल्ला अस्पतालका मेसु डा. अमित साहका अनुसार थप उपचारका लागि रेफर गरिएकाको अवस्था खतरामुक्त छ ।
साहका अनुसार जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएका ४ जनाको उपचार जारी रहेको र २ जनालाई डिस्चार्ज गरिएको छ । विहिबार विहान जेल तोडेर कैदीवन्दी भाग्न थालेपछि सैनिकले गोली चलाएको थियो । गोली लागेर घाईते भएका १४ जना मध्ये २ जनाको मृत्यू भएको छ । कारागारमा ३ सय ३४ जना रहेका थिए । कारागार प्रशासनले हाल कारागारको अवस्था सामान्य रहेको जनाएको छ ।
