+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

रामेछाप कारागारका कैदी भाग्ने प्रयास गर्दा गोली चल्यो, २ को मृत्यू, दर्जन भन्दा धेरै घाईते

2 महीना पहिले प्रकाशित

रामेछाप । रामेछाप कारागारमा रहेका कैदीबन्दीले मुख्य सुरक्षा ढोका फोरेर बाहिर निस्कन थालेपछि सुरक्षाकर्मीले गोली चलाउदा २ जनाको मृत्यू भएको छ । घटनामा अरु १२ जना घाईते भएका छन् ।

बिहिबार विहान जेलमा रहेका कैदीबन्दीले बाहिर निस्कनका लागि कारागारको मुल ढोका फोड्न र नाराबाजी गर्न थालेपछि कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले गोली चलाएका हुन् । गोली लागेर घाईते भएका सवैलाई उपचारका लागि रामेछाप अस्पतालमा लगिएकोमा २ जनाको मृत्यू भएको, १ जना गम्भिर रहेको र अन्य एक दर्जन घाईतेको उपचार भइरहेको रामेछाप अस्पतालले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले हाल कारागार सुरक्षाकर्मीको नियन्त्रणमा रहेको र अवस्था सामान्य रहेको जनाएका छन् । कारागार सुरक्षाका लागि ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । सेना र प्रहरीले कारागारको पहरा दिइरहेका छन् । रामेछाप कारागारमा १६ महिला सहित ३ सय ३४ जना कैदीवन्दी रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले