रामेछाप । रामेछाप कारागारमा रहेका कैदीबन्दीले मुख्य सुरक्षा ढोका फोरेर बाहिर निस्कन थालेपछि सुरक्षाकर्मीले गोली चलाउदा २ जनाको मृत्यू भएको छ । घटनामा अरु १२ जना घाईते भएका छन् ।

बिहिबार विहान जेलमा रहेका कैदीबन्दीले बाहिर निस्कनका लागि कारागारको मुल ढोका फोड्न र नाराबाजी गर्न थालेपछि कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले गोली चलाएका हुन् । गोली लागेर घाईते भएका सवैलाई उपचारका लागि रामेछाप अस्पतालमा लगिएकोमा २ जनाको मृत्यू भएको, १ जना गम्भिर रहेको र अन्य एक दर्जन घाईतेको उपचार भइरहेको रामेछाप अस्पतालले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले हाल कारागार सुरक्षाकर्मीको नियन्त्रणमा रहेको र अवस्था सामान्य रहेको जनाएका छन् । कारागार सुरक्षाका लागि ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । सेना र प्रहरीले कारागारको पहरा दिइरहेका छन् । रामेछाप कारागारमा १६ महिला सहित ३ सय ३४ जना कैदीवन्दी रहेका छन् ।