रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले गए राति १० बजे देखि बुधबार मध्यान्ह १२ बजे सम्म जारी गरेको कर्फ्यू विहान १० बजे देखि हटाएर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको समय भने साँझ ६ बजे सम्म तोकिएको ।

प्रमुुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जारी गरेको निषेधाज्ञामा प्रशर्दन, जुलुर र ५ जना भन्दा बढी व्यक्ति भेला भई घेराउ, सभा गर्न नपाईने उल्लेख छ । मन्थली नगरपालिकाको वडा नम्बर १ को सबै क्षेत्र, रामेछाप नगरपालिकाको भंगेरी देखि रामेछाप बजार क्षेत्र, सम्पूर्ण पालिकाका मूख्यालय र वडा कार्यालयहरु रहेका क्षेत्रमा निषेधाज्ञा आदश जारी भएको जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।