रामेछाप । मुलुकमा जेनजी समूहको अगुवाईमा भएको प्रदर्शनमा राज्यको बरबर दमनका कारण मारिएका मृतकहरुको सम्झनामा रामेछापमा मंगलबार साँझ दिप प्रज्वलन गरीएको छ ।

जेनजि समूहको आव्हानमा स्थानीय देवकोटाचोकमा दिप प्रज्वलन गरिएको हो । उक्त कार्यक्रममा युवाहरुले देशमा भइरहेको अराजकता र भ्रष्टाचारको विरोधमा आ आफ्ना धारणा राखेका थिए ।

दिपप्रज्वलन र मौनधारण पछि साँझ विभिन्न नारा लगाउदै जेनजि समूहले मन्थली बजारमा ¥याली निकाल्नुका साथै देवकोटाचोकमा टायर बालेर विरोध प्रदर्शन गरेको थियो । ¥यालीमा केपी ओली विरुद्ध नारावाजी समेत गरिएको थियो ।