रामेछापमा जेनजीको प्रदर्शन
2 महीना पहिले प्रकाशित
रामेछाप । सोमबार राजधानी काठमाडौंमा सरकारले जेनजीको प्रदर्शनमा बरबर दमन गरी १९ जना भन्दा बढी युवाको ज्यान लिएको विरोधमा रामेछापमा मंगलबार युवाहरुले प्रदर्शन थालेका छन् ।
मन्थलीको देवकोटा चोकमा भेला भएका युवाहरुले राष्ट्रिय झण्डा र विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै बजारमा नारावाजी गरीरहेका छन् । मन्थलीका विभिन्न भागमा जुलुसले परिक्रमा गरिरहेको छ । जुलुसमा सरकार र प्रधानमन्त्री केपी ओली विरुद्ध चर्का नारा लगाइएका छन् । युवा विद्यार्थी मार्न पाईदैन भन्दै सवै दल संग सम्बन्धित युवाहरु समेत प्रदर्शनमा होमिएको पाइएको छ ।
यसैविच जिल्ला समन्वय समिति तर्फबाट आएको प्रदर्शनकारीको समूहलाई जिल्ला प्रशासन कार्यालय तर्फ जाने बाटोमा प्रहरीले रोकेको छ । प्रहरी संग सामान्य भनाभन भएपछि युवाहरु देवकोटा चोक हुदै विपी चोक तर्फ लागेका छन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
