रामेछाप । सोमबार राजधानी काठमाडौंमा सरकारले जेनजीको प्रदर्शनमा बरबर दमन गरी १९ जना भन्दा बढी युवाको ज्यान लिएको विरोधमा रामेछापमा मंगलबार युवाहरुले प्रदर्शन थालेका छन् ।

मन्थलीको देवकोटा चोकमा भेला भएका युवाहरुले राष्ट्रिय झण्डा र विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै बजारमा नारावाजी गरीरहेका छन् । मन्थलीका विभिन्न भागमा जुलुसले परिक्रमा गरिरहेको छ । जुलुसमा सरकार र प्रधानमन्त्री केपी ओली विरुद्ध चर्का नारा लगाइएका छन् । युवा विद्यार्थी मार्न पाईदैन भन्दै सवै दल संग सम्बन्धित युवाहरु समेत प्रदर्शनमा होमिएको पाइएको छ ।

यसैविच जिल्ला समन्वय समिति तर्फबाट आएको प्रदर्शनकारीको समूहलाई जिल्ला प्रशासन कार्यालय तर्फ जाने बाटोमा प्रहरीले रोकेको छ । प्रहरी संग सामान्य भनाभन भएपछि युवाहरु देवकोटा चोक हुदै विपी चोक तर्फ लागेका छन् ।