रामेछाप । जेनजीले आव्हान गरेको प्रर्शनको क्रममा सरकारले गरेको बर्बर दमनमा परी सोमबार दर्जनौ युवाहरुले ज्यान गुमाएको घटनाको रामेछाप उद्योग वाणिज्य संघले गहिरो दुख्ख व्यक्त गरेको छ ।
संघका महासचिव कुमार श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै यस दुखद घडीमा सोकसन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दै घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
संघले मंगलबार रामेछाप उद्योग वाणिज्य संघको कार्यालयमा शोक विदा दिएको छ । संघले विषम परिस्थितिमा सवै पक्षहरु धैर्यवान रही सामाजिक भाईचारा, सामाजिक सद्भाव र सहिष्णुता कायम राख्न समेत आव्हान गरेको छ ।
