काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा सोमबार भएको नरसंहारको सर्बत्र विरोध भइरहेको छ । विरोधका क्रममा १९ जना युवाको ज्यान गएको छ । उक्त घटनाको नैतिक जिम्मेवारी लिदै गृहमन्त्री रमेश लेखकले सोमबार साँझनै राजीनामा गरेका छन् ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले यो अवस्थमा ओली सरकारमा रहनु हुदैन भन्ने अभिव्यक्ति सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । काँग्रेस नेता शेखर कोईरालाले काँग्रेस एक मिनेट पनि सरकारमा बस्नु नहुदै भन्दै पार्टी सरकारबाट फिर्ता नभएपनि आफ्ना पक्षका मन्त्रीलाई राजनीमा दिन आग्रह गरेका छन् ।

यसैविच काँग्रेसबाट सरकारमा सहभागि कृषि मन्त्री रामनाथ अधिकारीले कृषि मन्त्री बाट राजीनामा गरेका छन् । अधिकारीले प्रधानमन्त्री लाई राजिनामा वुझाई सकेका छन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि सामाजिक सञ्जाल मार्फत राजीनामा दिने जानकारी गराईसकेका छन् ।

सामाजिक सञ्जालमा अन्य मन्त्रीको राजीनामा भन्दा पनि प्रधानमन्त्री केपी ओलीको राजीनामाको माग भइरहेको छ । सामाजिक सञ्जालमा ओलीको तस्विरमा रगत लत्पत्याएर राजनीमाको माग गरिएको छ ।