रामेछाप । जननायक स्वर्गीय बिपी कोईरालाको १ सय १२ औं जन्मजयन्तिका अवसरमा मंगलबार रामेछापका विभिन्न अस्पतालमा फलफुल वितरण गरिएको छ ।

तामाकोशी अस्पताल, रामेछाप सामुदायिक अस्पताल, मन्थली अस्पताल र रामेछाप जिल्ला अस्पतालमा भर्ना भई उपचार गराईरहेका विरामीलाई सो अवसरमा तामाङ सहितका नेताहरुले फलफुल वितरण गरेको नेपाली काँग्रेस रामेछापले जनाएको छ ।

नेपाली काँग्रेस रामेछापका सभापति एवं सांसद पूर्णवहादुर तामाङ ( कान्छाराम ) ले मन्थलीमा रहेको बिपी कोईरालाको सालिकमा माल्यार्पण गरेका थिए ।